काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । मंगलबार बजार १७.३६ अंकले बढेर परिसूचक १९०५.६८ बिन्दुमा रोकिएको हो ।
२६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर किनबेच हुदाँ ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँको सेयर काराेबार भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १२.१७, विकास बैंक ५७.०५, वित्त १९.४९, होटल ६६.९७, जलविद्युत १२.०९, जीवन बीमा ५७.३०, उत्पादन तथा प्रशोधन ७९.६३, माइक्रोफाइनान्स १५.८०, निर्जीबन बीमा ९५.४२, ट्रेडिङ समूहको उपसूचक १३.२२ अंकले बढेको छ ।
बजारमा दोहोरो अंकको सुधार आउँदा तारागाँउ रिजेन्सी होटलका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । यस्तै सनराइज ब्लुचिप फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । पिपुल्स पावर, धौलागिरी लघुवित्त बित्तीय संस्थाको सेयरधनीले गुमाएका छन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ९१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।





Comment