काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार २.७१ अंकले बढेर परिसूचक १८८८.३२ बिन्दुमा उक्लिएको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.२३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंकले बढेको छ । २७० वटा कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच हुदाँ ७५ करोड १३ लाख ३० हजार ३९३ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । विकास बैंक२४.५४, वित्त ७.१४, जलविद्युत ७.२२, जीवन बीमा ८२.१०, उत्पादन तथा प्रशोधन २५.९८, माइक्रोफाइनान्स ३.९५, अन्य समूहको ४.४९ र ट्रेडिङ समूहको उपसूचक ४.४६ अंकले बढेको छ । साथै, बैंकिङ समूहको उपसूचक ०.१६, होटल ६५.८२, निर्जीबन बीमा समूहको उपसूचकमा १९.१९ अंकले गिरावट आएको छ ।
नेप्सेका अनुुुसार आज पिपुल्स पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । त्यस्तै, कारोबारका आधारमा आज सर्वाधिक कालिञ्चोक दर्शन लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ८१ लाख ७८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।





Comment