नेप्से परिसूचक १८.८० अंकले घट्दा, तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्से परिसूचक १८.८० अंकले घट्दा, तीन कम्पनीकाे सेयरमा सकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज बजार १८.८० अंकले घटेर परिसूचक १८८५.६० बिन्दुमा पुगेको हो।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.४५ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.४९ अंकले घटेको छ । २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर किनबेच हुदाँ ८२ करोड ८५ लाख ३४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा होटल ११.०७ अंक बढेको छ भने बाकीं सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक १६.७१, विकास बैंक ३५.९८, वित्त ३२.३०, जलविद्युत २७.९४, जीवन बीमा ११८.७४, उत्पादन तथा प्रशोधन १४.३९, माइक्रोफाइनान्स२९.०८, निर्जीबन बीमा समूहको उपसूचक २९.५४ अंकले घटेको छ ।

नेप्सेका अनुुुसार आज तीन कम्पनीको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा कालिञ्चोक दर्शन कम्पनी, र आर्दश लघुवित्त वित्तीय संस्था र सनराइज ब्लु चिफ फण्ड रहेका छन्

त्यस्तै,सनराइज फोकस्ड इक्विटी फण्डको भने आज नकारात्मक सर्किट लागेको छ । कारोबारका आधारमा आज सर्वाधिक मोलुङग हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३ करोड ११ लाख ९५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार १५:५१