काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार बजार दोहोरो अंकले घटेको छ । आज बजार मापन गर्ने सूचक १५.७३ अंकले घटेर १९०४.४० बिन्दुमा पुगेको छ । २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयर किनबेच हुदाँ ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंकिङ समूहको ५.३०, विकास बैंक ४७.३३, वित्त २४.३८, होटल ७.२१, जलविद्युत ३२.३२, जीवन बीमा ७६.९७, उत्पादन तथा प्रशोधन ४४.२४, माइक्रोफाइनान्स ३९.३०, निर्जीबन बीमा ३५.९७, अन्य १३.१५, ट्रेडिङ समूहको उपसूचक ११.२७ अंकले घटेको छ ।
नेप्सेका अनुुसार कारोबारमा कालिन्चोक दर्शन, मोलुङ हाईड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । यस्तै आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको भएको छ। बैंकको ५ करोड ७५ लाख ४३ हजार रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।





Comment