सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम भने बढ्न सकेन



काठमाडौं । नयाँ बर्ष लागेएता निरन्तर गिरावट आएको सेयर बजारमा बुधबार भने दोहोरो अंकले सुधार आएको छ । साताको चौथो कारोबार दिन आज बजार १५.१३ अंकले बढेर परिसूचक १९२०.१२ बिन्दुमा उक्लिएको हो।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.१२ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १.२३ अंकले बढेको छ । २७३ कम्पनीको २५ लाख ७९ हजार ३२५ कित्ता सेयर किनबेच हुदाँ ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक ९.४४, विकास बैंक ४४.१२, वित्त १८.१३, होटल १९.०५, जलविद्युत २१.९७, जीवन बीमा ६२.९०, उत्पादन तथा प्रशोधन १५.१४, माइक्रोफाइनान्स ३२.१६, निर्जीबन बीमा समूहको उपसूचक ७०.८४ अंकले बढेको छ ।

नेप्सेका अनुुुसार आज तीन कम्पनीको सेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा कालिञ्चोक दर्शन कम्पनी, मोलुङ हाइड्रोपावर र गुँरास लघुवित्त वित्तीय संस्था रहेका छन्

त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने बढी गुमाएका छन् । कारोबारका आधारमा आज सर्वाधिक स्वाभलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको आज ८ करोड ८३ लाख १३ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

प्रकाशित : ६ बैशाख २०८०, बुधबार १५:३५