सेयर बजारमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं। मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार ३.०४ अंकले घटेर १९०४.६५ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१७ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.१८ अंकले घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स भने आज स्थिर रहेको छ ।

आज कारोबार भएका २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर किनबेच हुदाँ ८७ करोड ४ लाख ४८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा होटल समूह ४०.७५ र निर्जीबन बीमा ५.४३ अंकले बढेको छ । बाकी सबै कम्पनीको सेयरमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ०.०१, विकास बैंक समूहको १२.२७, वित्त कम्पनी ६.८६, जीवन बीमा ११.३०, जलविद्युत कम्पनी २.४९, उत्पादन तथा प्रशोधन समूहको ४९.६१, माइक्रोफाइनान्स २०.६५ र अन्य समूहको १८.९४ अंकले गिरावट भएको हो ।

नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी प्रभु बैंक लिमिटेड प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज ५ करोड २६ लाख ३२ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : ५ बैशाख २०८०, मंगलवार १५:५१