सेयर बजार २३.६४ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजार २३.६४ अंकले घट्यो



काठमाडौं । सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार २३.६४ अंकले घटेर १९०८.४ बिन्दुमा रोकिएको हो ।

आज कारोबार भएका २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर किनबेच हुदाँ ९२ करोड ७८ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । जसमा बैंकिङ समूहको उपसूचक १२.७७, विकास बैंक ६६.५७, वित्त कम्पनी २९.६५, होटल ४.९४, जीवन बीमा १४९.९०, उत्पादन तथा प्रशोधन समूहको ५९.०१, माइक्रोफाइनान्स ५८.५०, निर्जीबन बीमा ५७.७६, अन्य समूहको १२.०९ र ट्रेडिङ समूहको उपसूचक १७.७३ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन कम्पनी र मोलुङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, सनराइज ब्लुचिप फण्डका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड २ लाख ४३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार १५:२४