लिवर्टी इनर्जीद्वारा एकैपटक तीन वर्षको एजीएम आह्वान, हकप्रदसहित यस्ता छन् मुख्य एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लिवर्टी इनर्जीद्वारा एकैपटक तीन वर्षको एजीएम आह्वान, हकप्रदसहित यस्ता छन् मुख्य एजेन्डा



काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ३ आर्थिक वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको ११औँ, १२औँ र १३औँ वार्षिक साधारणसभा यही वैशाख २५ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान ११ बजेबाट आयोजना गर्ने निर्णय गरेको हो।

सभामा ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश हुनेछ । यस्तै, ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

यसैगरी, सभाबाटै संस्थापक समूहबाट ५ र सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने १ जना सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा गर्न कम्पनीले वैशा ११ गते बुक क्लोज गर्ने भएको छ । वैशाख १० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । सभा अमृतभोग क्याटरर्स, कालिकास्थान काठमाडौंमा बिहान ११ बजेबाट सूरु हुनेछ ।

यता, विद्युत नियमन आयोगले लिवर्टी इनर्जीलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिइसकेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । सभा र धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि यस कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्नेछ ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार १२:०२