सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम ९७ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम ९७ करोडमा सिमित



काठमाडौं । आइतबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । आज बजार २.८० अंकले घटेर १९३१.६८ बिन्दुमा रोकिएको हो ।

आज कारोबार भएका २६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर किनबेच हुदाँ ९७ करोड ४५ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.१५, होटल समूह १५५.६४, जीवन बीमा ८.७३, निर्जीबन बीमा १८.७९ अंकले बढेको छ भने बाकी सबै समूहमा गिरावट आएको छ । जसमा विकास बैंक १४.५५, वित्त कम्पनी ८.३०, जलविद्युत कम्पनी १४.५७, माइक्रोफाइनान्स २३.३०, उत्पादन तथा प्रशोधन समूहको २५.२१, अन्य समूहको ६.९२ र ट्रेडिङ समूहको उपसूचक २१.२८ अंकले घटेको छ ।

नेप्सेका अनुसार आज कालिञ्चोक दर्शन लिमिटेड,आदर्श लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ। साथै, एसियन हाएड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको कारोबार भएको छ । यस कम्पनीको आज ३ करोड ८९ लाख ४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित : ३ बैशाख २०८०, आईतवार १५:२२