एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

बुधबार भएको निर्वाचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका थिए ।

पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज २ बजेका लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन अपराह्न ४ बजेका लागि सारिएको थियो ।

वरिष्ठ उपाध्यक्षका दुई उम्मेदवारबीच सहमति खोज्ने प्रयासमा निवर्तमान अध्यक्ष र पूर्वअध्यक्षहरु जुटेका थिए ।

पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने व्यवस्था थियो ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत, अन्जन श्रेष्ठले ३७.९९ प्रतिशत मत र उमेशलाल श्रेष्ठले ३१.५१ प्रतिशत मत प्राप्त गरेका थिए ।

प्रकाशित : ३० चैत्र २०७९, बिहीबार १७:१४