विभागद्वारा आयकरको दोस्रो किस्ताबापतको रकम चैत मसान्तभित्र बुझाउन ताकेता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थतन्त्र

विभागद्वारा आयकरको दोस्रो किस्ताबापतको रकम चैत मसान्तभित्र बुझाउन ताकेता



काठमाडौं। आन्तरिक राजस्व विभागले आयकरको दोस्रो किस्ताबापतको रकम चैत मसान्तभित्र बुझाउन ताकेता गरेको छ। विभागले आइतबार एक सूचना प्रकाशित यस्तो ताकेता गरेको हो।

आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१)बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरुले करको विवरण र रकमको दोस्रो किस्ता चैत मसान्तभित्रै बुझाउनु पर्छ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक आयकर रकमको दोस्रो किस्ताबापतको ३० प्रतिशत समेत गरी ७० प्रतिशतले हुन आउने रकम चैत महिना भित्र दाखिला गर्नुपर्ने विभागले जनाएको छ।सोही कानुनी व्यवस्था बमोजिम म्यादभित्र विवरण तथा कर दाखिला गर्न विभागले आग्रह गरेको छ।

प्रकाशित : २६ चैत्र २०७९, आईतवार १४:०८