नेशनल माइक्रोफाइनान्सको साधारण सभा बैशाख १५ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेशनल माइक्रोफाइनान्सको साधारण सभा बैशाख १५ गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले वैशाख १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा धादिङ क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजेबाट गर्न लागेको हो

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । कम्पनीले साविकको महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गरेका कारण लाभांशमा कर छुट हुने भएकाले कर प्रयोजनको लागि नगद लाभांशको व्यवस्था गरेको छैन । नेसनलले यसअघि घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको निर्देशनपछि संशोधन गर्दै १५ प्रतिशत बोनस सेयरमा सीमित गरी साधारण सभामा पेश गर्न लागेको हो ।

यता, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । समिट लघुवित्तसँग मर्जर सम्बन्धमा गरिएको प्रारम्भिक समझदारीपत्र र दुवै संस्थाको सम्पति तथा दायित्व मूल्यांकन गर्नको लागि संयुक्त मर्जर समितिद्वारा नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक सभामार्फत अनुमोदन हुनेछ ।

नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्त वित्तीय संस्थालाई एक आपसमा मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । सभा प्रयोजनका लागि नेसनलले वैशाख ४ गतेदेखि बुक क्लोज गर्ने भएकाले वैशाख ३ गतेसम्म कायम हुने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार ११:४८