नेपाल टूरिजम फेस्टिभल आयोजना हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नेपाल टूरिजम फेस्टिभल आयोजना हुदै



काठमाडौं । वैशाख १ गतेलाई आन्तरिक पर्यटन दिवसका रुपमा मनाउदै नेपाल टूरिजम फेस्टिभल सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको सहयोग, नेपाल पर्यटन प्रवर्द्धन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा काठमाडौंको बसन्तपुरमा वैशाख १ र २ गते नेपाल टूरिजम फेस्टिभल आयोजना गर्न लागिएको हो ।

यस वर्षदेखि सुरु हुने यो फेस्टिभल हरेक बर्ष हुनेछ । नेपालको आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस गर्ने यो फेस्टिभलको मुख्य लक्ष्य हो ।

शिक्षा, स्वास्थ्य, कृषि, खेलदेखि राजनीतिक विषयलाई पर्यटनसँग जोडिएर रोचक, घोचक र विशेष बहस तथा छलफल गर्ने यो फेस्टिभलमा न्युनतम १० देखि अधिकतम १५ वटा सेसनहरु सञ्चालन हुनेछन् । फेस्टिभलको उद्घाटत सेसन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हुनेछ । अन्तिम सेसन ुपर्यटनमा राजनीति मिसन, भिजन र भिजिट नेपालु पर्यटनमन्त्री सुदन किरातीको हुनेछ ।

फेस्टिभलमा विभिन्न विधाको पर्यटन केन्द्रित गरेर सेसन सञ्चालन हुनेछन् । अन्य सेसनमा पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासु, स्वास्थ्य पर्यटन स्वास्थ्य सदृश्य र संसारु, चलचित्र पर्यटन सिन, सिनेमा र सेलिब्रेटी हुनेछन् । व्यावसायिक पर्यटन रहर, सहर र पर्यटन बजारु, पर्यटनमा जलवायू परिवर्तनको असर हिउँ हिमाल र हिमालय सेसन पनि सञ्चालन हुनेछ ।

यस्तै युवा पर्यटन अभियन्ता ट्राभलर एण्ड एक्सप्लोररु, ुसात प्रदेशको पर्यटन सम्भावना र चुनौति, हेरिट्ज टुरिजम काठमाडौं उपत्यका र विश्वसम्पदा, एयरलाइन्स टूरिजम उडान, उड्डयन र नेपाली आकाश सेसन पनि सन्चालन हुनेछन् । यस्तै नेपालमा रहेका विभिन्न विदेशी राजदूतको नेपाल अनुभव, खेल पर्यटन खेल, खेलाडी र गोर्खाली तथा कला पर्यटन संगीत, सौन्दर्य र सुनौलो नेपाल, कृषि पर्यटन माटो वाटो र दोबाटो सेसन पनि सञ्चालन गर्ने तयारी छ ।

घुम्ने, घुमाउने र घुम्न प्रेरित गर्नेु मूल नारा बोकेर सञ्चालन गर्न लागिएको नेपाल टूरिजम फेस्टिभलमा नेपाल पर्यटन बोर्ड, नाथम, नाड्डा, टान, हान, भिटोफ रंग सहकार्य गरिएको जनाएको छ ।

प्रकाशित : १९ चैत्र २०७९, आईतवार १७:३६