तोलामा एक हजार रुपैंयाले बढ्यो सुनको मुल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तोलामा एक हजार रुपैंयाले बढ्यो सुनको मुल्य



काठमाडौं। नेपाली बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : 31 March, 2023 11:30 am