महुली लघुवित्तको साधारण सभा वैशाख ९ गते, यस्ता छन् मुख्य एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

महुली लघुवित्तको साधारण सभा वैशाख ९ गते, यस्ता छन् मुख्य एजेण्डा



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले वैशाख ९ गते वार्षिक साधारण सभा डाकेको छ । सभा महुली लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यलय महुली, सप्तरीमा विहान ११ बजे गर्ने भएको हो ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । बोनस सेयर वितरणपछि पुँजी परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन हुनेछ ।

यस्तै, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि रहेको छ । यता, प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जानकारी गराएको छ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि चैत २९ गते बुक क्लोज हुनेछ । तसर्थ चैत २८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार ११:५३