तीन दल मिले, ३३ वर्ष सम्म पालै पालो प्रधानमन्त्री खाएः प्रेम सुवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थ राजनीति

तीन दल मिले, ३३ वर्ष सम्म पालै पालो प्रधानमन्त्री खाएः प्रेम सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भागवण्डाकै लागि तीन दलबिच सहमती भएको आरोप लगाएका छन् ।

आज आईतबार बानेश्वरस्थित सघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दलको बैठकमा तीन दल मात्र बसेर भागवण्डा गरेर खान खोजेको आरोप लगाए ।

‘हिजो तिन दलको बैठक रैछ बस्नेहरुलाई पनि विचार गनुपर्ने हो यो १३ दलको बैठक हो भनेर खै प्रजातन्त्रवादीहरुमा त्यती पनि छैन् । भागवण्डा खान तीन दल मिलेर खान पाईन्छ ? जनताले सबैलाई प्रतिनिधि बनाएको हो ।

१३ दल संसदभित्र छ । फुलको वास्ना राम्रो होस भनेको हो । तीन दल त हामीले ३३ वर्ष हेरिहाल्यौं नी ? पालैपालो प्रधानमन्त्री खाने तर केही भएकै छैन् ।
३३ वर्ष सम्म पनि तीन दलले पालै पालो प्रधानमन्त्री खाँदा पनि केहि परिवर्तन गर्न नसकेको उनको टिप्पणी गरेका छन् ।

प्रकाशित : ५ चैत्र २०७९, आईतवार १५:०६