ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल एक लाख घुस सहित अख्तियारको नियन्त्रणमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ललितपुर महानगरका शिक्षा अधिकृत पौडेल एक लाख घुस सहित अख्तियारको नियन्त्रणमा



काठमाडौँ । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैंया घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको थियो । यस विषयमा थप अनुसन्धान गर्ने थपलियाले बताए।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहीबार १७:४२