प्रुडेन्शियल इन्स्योरेन्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रुडेन्शियल इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडाैं । प्रुडेन्शियल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र १६ गते बिरगंजको दियालो लर्ड्स प्लाजामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३.३२५ प्रतिशत बोनस शेयर र ०.१७५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रकाशित : २४ फाल्गुन २०७९, बुधबार १२:०९