बेष्ट फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बेष्ट फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । बेस्ट फाइनान्सको ६ लाख १५ हजार १०४.४७ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । कम्पनीले फागुन १ गतेदेखि संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मुल्य तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

सर्वसाधारण समूहको सेयरको लागि न्यूनतम १०० कित्ता र संस्थापक सेयरको लागि न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ । लगानीकर्ताले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगंज, इटहरी, नारायघाट, घोराही , विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् ।

साथै, प्रभु बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७९, सोमबार ११:३५