वाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो, १२ अर्ब कर्जा प्रवाह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

वाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले बढ्यो, १२ अर्ब कर्जा प्रवाह



काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढेको हो ।

गत पुष ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप माघ २९ गतेसम्म आइपुग्दा २५ अर्ब रुपैयाँले बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेसँगै कर्जा प्रवाह पनि बढाएका छन् । पुष ३० गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

उक्त कर्जा प्रवाह १२ अर्ब रुपैयाँले बढेर माघ २९ गतेसम्म आइपुग्दा ४२ खर्ब ९० अर्ब रुपैयाँमा सिमित बनेको छ ।

प्रकाशित : ४ फाल्गुन २०७९, बिहीबार १४:११