ल्होल्से मलमा भएको घट्नाको क्षतिपूर्ति दिन महासंघको माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ल्होल्से मलमा भएको घट्नाको क्षतिपूर्ति दिन महासंघको माग



काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले सोमबार ल्होल्से मलमा भएको घट्नाको व्यापारीहरुलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको ल्होल्से मलमा यातायात मजदुरले आक्रामण गरेका थिए ।

अराजक समूह मलमा प्रवेश गरी सामान चोरी भएको भन्दै व्यवसायीहरुको क्षति अनुसारको क्षतिपूर्ति दिन महासंघले माग गरेको छ । महासंघका अध्यक्ष कुमार कार्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा अराजक समूह प्रवेश गरेर क्षति पुर्याएको जनाएको छ ।

‘व्यवसायीले आफ्ना माग सम्बोधन गर्नका लागि शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको समयमा अराजक समूह प्रवेश गरेर व्यवसायीको सामग्री लुट्नेदेखि तोडफोड गर्ने काम भएको भन्दै यसको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा यस्तो अवस्था आउनुमा सरकार जिम्मेवार रहेको उल्लेख गरिएको छ ।

‘यो घटनाप्रति महासंघ दुःख व्यक्त गर्दछ, घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना र घाइतेको उचित उपचारको व्यवस्था गर्नका लागि पनि अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । अवस्था गम्भिर हुनुभन्दा पहिले नै समस्या समाधानमा चासो नदिएका कारण यो अवस्था आएको महासंघको भनाइ छ । यस्ता समस्याहरु समयमा नै समाधान गर्नका लागि महासंघले सरोकारवाला निकायसँग माग समेत गरेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार १४:११