ग्राहकको अनुमतिबिना वित्तीय सेवाको शुल्क लिन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्राहकको अनुमतिबिना वित्तीय सेवाको शुल्क लिन नपाइने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिबिना वित्तीय सेवा उपलब्ध गराएर शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको अनुमतिविना एकतर्फी रुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सो बापत शुल्क लिन नपाइने व्यवस्था गरेको हो ।

ग्राहकको अनुमतिविना उपलब्ध गराइएका सेवा बापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरि ग्राहकको खातामा जम्मा गर्नु पर्ने समेत राष्ट्र बैंकले जनाएको छ । त्यस्तो शुल्क कुनै बैंक तथा वित्तीय संस्थाले लिएमा गुनासो दर्ता गर्न समेत राष्ट्र बैंकले आग्रह गरेको छ ।

प्रकाशित : २ फाल्गुन २०७९, मंगलवार १७:१७