नेपाल इन्सुरेन्सको खुद नाफा बढेर १५ करोड ३२ लाख नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेपाल इन्सुरेन्सको खुद नाफा बढेर १५ करोड ३२ लाख नाघ्यो



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल इन्सुरेन्सको खुद नाफा १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । जुन गत बर्षको यसै अवधिको तुलनामा ४७.६५ प्रतिशतले बढी हो ।

गत वर्षको यसैअवधिमा यस इन्सुरेन्सले १० करोड ३८ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क भने १० प्रतिशतले घटेर ३९ करोड १९ लाख ६० हजार रुपैयाँमा आएको छ । यता, लगानी, कर्जा तथा अन्यबाट आम्दानी ९६.८० प्रतिशतले बढेर ११ करोड ४० लाख ७५ हजार रुपैयाँ पुगेपछि खुद नाफा सुधार भएको हो ।

बिमा कोषको आकार ३३.८७ प्रतिशतले बढेर ८२ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । साथै, रिजर्भ कोषमा पनि सुधार भएको छ । गत वर्षको तुलनामा ५.४२ प्रतिशतले रिजर्भ कोष बढेर ४७ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा सुधार भएपछि नेपाल इन्सुरेन्सको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५२ पैसाले बढेर २२ रुपैयाँ २३ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ८२ पैसा छ ।

प्रकाशित : २६ माघ २०७९, बिहीबार १४:४५