समता घरेलु लघुवित्तको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

समता घरेलु लघुवित्तको लाभांश घोषणा



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनश शेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन ।

साविक समता लघुवित्त र साविक घरेलु लघुवित्त बिच मर्जर भएको दुई वर्ष नपुगेको कारण हाल लाभांस कर प्रयोजनार्थ छुट्टै रकम भने छुट्याएको छैन् । यद्यपि २०७८ बैंशाख २ गतेपछि शेयर खरिद गर्ने शेयरधनीले लाभांशकर नियमानुसार भुक्तानी गर्नपर्ने छ ।

प्रकाशित : २२ माघ २०७९, आईतवार ११:५०