सिनर्जी पावरले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पायो पूर्व स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिनर्जी पावरले हकप्रद निष्काशन गर्न विद्युत नियमन आयोगबाट पायो पूर्व स्वीकृति



काठमाडौं । विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको छ। सिनर्जीले ५० प्रतिशत (१ः०.५० अनुपात) मा हकप्रद शेयर बिक्री गर्न आयोगबाट पूर्वस्वीकृति पाएको हो ।

कम्पनीले गत कात्तिक १७ गते हकप्रद शेयर जारी अनुमति माग्र्दै आयोगमा निवेदन दिएको थियो। आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद शेयर निष्कासन प्रस्ताव साधारण सभामा पेश हुनेछ । साधारण सभाबाट परित भएपछि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद शेयर जारी हुनेछ ।

कम्पनीले ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको ५० प्रतिशतले हुन आउने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर निष्कासनका लागि कम्पनीले सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार ११:५७