तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा फागुन ३ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा फागुन ३ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले फागुन ३ गते साधारण सभा डाकेको छ। होटलले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ८.४२ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा सञ्चालकहरुको नयुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 22 January, 2023 12:04 pm