माघ १६ गतेदेखि आइपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त, क-कस्ले दिन पाउँछन् आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माघ १६ गतेदेखि आइपीओ जारी गर्दै आत्मनिर्भर लघुवित्त, क-कस्ले दिन पाउँछन् आवेदन ?



काठमाडौं । आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई फागुन ११ गतेदेखि र वैदेशिक रोजगारीमा रहेकालाई माघ १६ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

जसअनुसार प्रति शेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गर्ने छ । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्न लागेको छ ।


त्यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । दुवैले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आइपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : ६ माघ २०७९, शुक्रबार १२:१८