३४ लाख कित्ता आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर,क-कसले पाउँछन् भर्न ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

३४ लाख कित्ता आइपीओ जारी गर्दै माया खोला हाइड्रोपावर,क-कसले पाउँछन् भर्न ?



काठमाडौं । माया खोला हाइड्रोपावरले सर्वसाधारणका लागि माघ १३ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यस मध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।

जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : ४ माघ २०७९, बुधबार ११:५८