अरुण भ्याली हाइड्रोपावरको साधारण सभा माघ २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अरुण भ्याली हाइड्रोपावरको साधारण सभा माघ २७ गते



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २७ गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफा र सञ्चितीबाट शेयरधनीबाट ८ प्रतिशत बोनश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, ऋण लगानीको लागि स्वीकृति लिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भएमा सो को लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने भएको छ । माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार १२:१८