सुनको मुल्यमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं। सुनको मुल्य मंगलबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : ३ माघ २०७९, मंगलवार ११:४०