साल्ट ट्रेडिङले दिने भयो १५ प्रतिशत लाभांशः बोनस कति, नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

साल्ट ट्रेडिङले दिने भयो १५ प्रतिशत लाभांशः बोनस कति, नगद कति ?



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १२:२७