काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा स्थगित गरेको छ। कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले यसअघि आह्वान गरिएको वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो।
विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको कम्पनीले जनाएको छ। यसअघि कम्पनी सञ्चालक समितिले यही पुस २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको थियो।










Comment