रिपो मार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिपो मार्फत ५० अर्ब रुपैयाँ बजारमा पठाउदै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबार ५० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ४५ दिन अवधिको उक्त रिपो आगामी माघ २९ गते परिपक्व हुनेछ ।

रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : १४ पुष २०७९, बिहीबार १२:४४