दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डले दियाे अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डले दियाे अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ । बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

अनुमति पाएसंगै अब मकर जितुमाया सुरी हाइड्रोपावरले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यसैगरी सानिमा मिडिल तमोदरले चुक्तापुँजीको २५ प्रतिशतले हुन आउने ८३ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८३ लाख ३१ हजार २५० कित्ता जारी गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

प्रकाशित : १२ पुष २०७९, मंगलवार १४:४३