सिवाईसी नेपाल लघुवित्तको ३१.५८ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिवाईसी नेपाल लघुवित्तको ३१.५८ प्रतिशत लाभांश घोषणा



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : ८ पुष २०७९, शुक्रबार ११:५७