पाँच महिनामा व्यापार घाटा करिब ६ खर्ब, आयात निर्यात दुबै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थतन्त्र

पाँच महिनामा व्यापार घाटा करिब ६ खर्ब, आयात निर्यात दुबै घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा आयात निर्यात दुबै घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा आयात २०.७१ प्रतिशतले घटेर ६ खर्ब ६४ अर्ब ७४ करोड ६४ रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो ।

नेपालले गत वर्षको पहिलो पाँच महिनामा ८ खर्ब ३८ अर्ब ४० करोड ८२ रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।

त्यस्तै, साउनदेखि मंसिरसम्ममा निर्यात ३४.६१ प्रतिशतले घटेको छ । यस अवधिमा ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गत वर्षको यही अवधिमा एक खर्ब २९ अर्ब २० करोड ७२ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।

पाँच महिनामा नेपालको व्यापार घाटा १८.७७ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ७ खर्ब ३५ अर्ब ४८ करोड ७६ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । तर, चालू आर्थिक बर्षको पाँच महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, नेपालले पाँच महिनाको अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड ९ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ४१ अर्ब ३२ करोड ८८ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जसमा यो वर्ष २२.२३ प्रतिशतले घटेको छ ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १७:२७