२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक



काठमाडौं। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पुस ७ गते बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो पुस २१ गते परिपक्व हुने यो रिपो आज दिउँसो २ बजे बोलकबोल मार्फत खरिद गर्न सक्नेछन्।

आवेदकले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन ।

प्रकाशित : ७ पुष २०७९, बिहीबार १४:३८