मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ गते



काठमाडौ । मितेरी डेभलपमेन्ट बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजेबाट बस्ने निर्णय गरेको हो ।

सभामा बैंकले १२.३५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १३ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ६ पुष २०७९, बुधबार ११:४१