नबिल बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नबिल बैंकको साधारण सभा पुस २९ गते, के के छन् एजेण्डा ?



काठमाडौं । नबिल बैंकले पुस २९ गते ३८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि गर्ने निर्णय गरेको हो ।

सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १८.५० प्रतिशत बोनस शेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साथैै, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । त्यस्तै, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ६ पुष २०७९, बुधबार ११:१८