नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रिमा



काठमाडौं। नेपाल फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी नरेशकुमार श्रेष्ठको नाममा रहेको ८ हजार ७८६ कित्ता शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीहरुले काठमाण्डौको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर संख्या र प्रतिकित्ता मूल्यसमेत उल्लेख गरी आवेदन दिन सक्नेछन्।

यो शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा संस्थापकबाहेक अन्य खरिदकर्ताका लागि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले जनाएको छ।

प्रकाशित : 18 December, 2022 12:32 pm