मुक्तिनाथ विकास बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश दिने निर्णय गरेको छ । बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०‍.७१ प्रतिशत नगद लाभांश गरी कुल १४.२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ३ पुष २०७९, आईतवार ११:५३