बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाराही हाइड्रोपावरको आइपीओ बाँडफाँट, कतिले पाए ?



काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीको आइपीओ पुस ३ गते आइतबार बाँडफाँट भएको छ । यसमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन् ।

यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५५ अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीकाे वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : ३ पुष २०७९, आईतवार ११:२६