ऋणपत्र निष्कासन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई बार्डले दियो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

ऋणपत्र निष्कासन गर्न स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई बार्डले दियो अनुमति



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई ऋणपत्र निष्कासन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ । कम्पनीले २ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि गत बिहीवार सेबोनबाट स्वीकृति पाएको हो ।

विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कुल कित्तामध्ये ९ लाख ६० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।

कम्पनीले वार्षिक १० दशमलव ३० प्रतिशत ब्याजदरमा आगामी ५ वर्षका लागि ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार १५:१६