माछापुच्छ्रे बैंकले शेयरधनीलाई लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

माछापुच्छ्रे बैंकले शेयरधनीलाई लाभांश नदिने



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो।

उक्त आर्थिक वर्षको अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्ने बैठकले निर्णय गरेको छ।

सञ्चालक समितिको उक्त निर्णय अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंक र माछापुच्छ्रेको आगामी वार्षिक साधारणमा पेश गरिनेछ ।

प्रकाशित : १ पुष २०७९, शुक्रबार १४:२६