१३ निर्माण कम्पनी कालो सूचीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१३ निर्माण कम्पनी कालो सूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा ९१० बमोजिम काम नगर्ने १३ कम्पनीलाई कालो सूचीमा राखेको हो।

यसरी कालोसुचिमा राखिएका कम्पनीहरुलाई एक वर्षदेखि तीन वर्षसम्म कालो सूचिमा राखिएका छन् । तीन वर्षसम्म कालोसूचिमा राखिएका कम्पनीहरुमा सिराहाको थाक्थुम्हाङ बीपीजेभी र काठमाडौंको स्टार अफिस इन्टरनेसनल रहेका छन् । त्यस्तै, दुई वर्षका लागि मकवानपुरको सपना निर्माण सेवालाई कालो सूचिमा राखिएको छ ।

साथै, काठमाडौंको सूर्या रोशनी इन्डस्ट्रियल प्रालि, रौतहटको राष्ट्र निर्माण सेवा, सर्लाहीको नन्दु निर्माण सेवा प्रालि, भरतपुरको लोहनी एन्ड सन्स कन्स्ट्रक्सन प्रालि, कपिलवस्तुको खिम निमर्माण सेवा, काठमाडौंको खहरेखोला इन्टरप्राइजेज, कपिलवस्तुको जय निर्माण सेवा, चितवनको जन कन्स्ट्रक्सन प्रालि, जनकपुरको देव कन्स्ट्रक्सन र काठमाडौंको अग्रिमरपीपी जेभी एक बर्षको लागि कालोसूचिमा रहेका छन् ।

कालो सूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार १३:१६