शिवम् सिमेन्टको लाभांश घोषणा, एजीएम र बुक क्लोज मिति पनि तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

शिवम् सिमेन्टको लाभांश घोषणा, एजीएम र बुक क्लोज मिति पनि तय



काठमाडौं । शिवम् सिमेन्टले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई करसहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

अघिल्लो वर्ष कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यता, कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ ।

प्रस्तावित लाभांश सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ । यसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहीबार ११:२२