नबिल बैंकको संस्थापक शेयर बिक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको संस्थापक शेयर बिक्रिमा



काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनी हिमालयन क्यापिटल मार्केट्स एन्ड इन्भेस्टमेन्ट प्रालिको नाममा रहेको ३ लाख २ हजार ५४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले लिन चाहेको शेयर संख्या र प्रतिकित्ता मूल्य खोली शिलबन्दी निवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार १३:०७