वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ निष्काशन गर्दै शुभम पावर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ निष्काशन गर्दै शुभम पावर



काठमाडौं । शुभम पावर लिमिटेडले पुस ६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणलाई जारी हुने ५ लाख ८० हजार ५८० कित्ता शेयरको १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन बन्द पुस २० गते बैंकिङ समयपछि हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्। यो आईपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार १२:४३