मंसिर महिनाको लागि बैंकहरुले ब्याजदर नबढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मंसिर महिनाको लागि बैंकहरुले ब्याजदर नबढाउने



काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनामा ब्याजदर नबढाउने भएका छन्। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को सोमबार बसेको बैठकमा बैंकरहरुले मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिने निर्णय गरेका हुन्।

मंसिरमा विकास बैंक तथा फाइनान्सहरुले ब्याजदर घटाएका थिए। यससँगै वाणिज्य बैंकहरुलाई पनि ब्याजदर घटाउन चर्को दबाब परेपनि ब्याजदर बढाएका थिएनन्।

बैंकहरुले मंसिरमा मौद्रिक नीतिको समीक्षालाई हेरेर मात्र ब्याजदर घटाउने भन्दै मंसिरमा कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका थिए।

मंसिर महिनामा अधिकांश बैंकहरुले मुद्दती निक्षेप (व्यक्तिगत) मा अधिकतम १२.१३ प्रतिशत ब्याजदर दिँदै आएकोमा पुस महिनामा पनि सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

प्रकाशित : २७ मंसिर २०७९, मंगलवार ११:५३