सेन्चुरी कमर्शियल बैंकको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

सेन्चुरी कमर्शियल बैंकको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले पुस १४ गते साधारणसभा गर्ने भएको छ । बैंकले सुन्धाराको आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे १२ औं साधारणसभा बोलाएको हो ।

सभाले विशेष गरेर गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले साधारणसभाको लागि पुस ४ गते एक दिनको लागि बुक क्लोज मिति तोकेको छ । यसको अर्थ नेपाल स्टक एक्सचेन्जमा पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार १४:३८